"सायद २" को रेड कार्पेट प्रिमियरमा सहभागी हुन निर्माता , नायक र २ पत्रकार जापान प्रस्थान !!

चलचित्र  'सायद २' को जापानमा हुने  विशेष प्रदशनीको लागि निर्माता सुनिल रावल , नायक सुशील श्रेष्ठ र २ पत्रकार जापान प्रस्थान गरेका छन । राजधानी टोकियोको नाकानो जिरो हलमा बिषेश प्रदर्शन हुन लागेको सायद २ को लागि सम्पूर्ण तयारी सकिएको छ ।  जापानमा रहेका नेपाली दर्शकहरुको मागलाई ध्यानाकर्षण गर्दै प्रर्दशन गर्न लागिएको हो । चलचित्रलाई सुनिल रावल, र्इश्वर श्रेष्ठ, सुवाष लामिछानेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।पुष्पराज न्यौपाने लिखित तथा निर्देशित फिल्ममा सुशील श्रेष्ठ,स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील रावल लगयतले अभिनय गरेका छन्। सायद, होस्टल, होस्टल टिन्र्सजस्ता फिल्मका निर्माता सुनील रावल निर्मित फिल्म नेपालमा

असार ३० गते रिलिज हुनेछ।

Comments