"कृ" मा यस्तो छ ‘हँसिया’ भिलेन अनुपको लुक्स ।

'कृ' मा अनमोल र अदिति संगै अर्का अभिनेता अनुप विक्रम शाहीको पनि  लिड रोल रहनेछ । अनुप पछिल्लो समयका निकै ब्यस्त अभिनेता हुन  । कृ को छायांकन भैरहदा अनुपको एउटा तस्बिर आउट भएको छ । अनुपको चलचित्रमा कस्तो भुमिका रहनेछ भन्ने थाहा पाउन चाहि केही समय पर्खनै पर्छ । अनुपको अभिनयले यति बेला धेरैको मनमा राज गरेको छ । “कृ” मा समेत आफ्नो निकै राम्रो भूमिका रहेको र आफ्नो पात्रलाई आफुले बखुबी न्याय गर्ने प्रतिबध्ता उनले जाहेर गरेका छन् । यस्तै दर्शकहरुले यस चलचित्रमा समेत आफ्नो अभिनय देखि निराश हुनु नपर्ने विश्वास समेत उनले ब्यक्त गरेका छन् ।भदौ ८ गतेलाई रिलिज डेट समेत लक भैसकेको 'कृ'लाई सुरेन्द्र पौडेलले निर्देशन गरिरहेका छन् । फिल्ममा भुवन केसि र सुवास गिरिको लगानी रहनेछ ।

फिल्मको सुटिङ काठमाडौंसहित उपत्यका बाहिर पनि गरिनेछ ।

Comments